बरिष्ठ साहित्यकार पुडासैनी प्रबल जनसेवा श्री मानपदवीबाट शुशोभित

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । यस्तै बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर समेत प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) मानपदवीबाट शुशोभित भएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले साहित्यकार पुडासैनीलाई शुशोभित गर्नुभएको हो ।
विगत लामो समयदेखि साहित्यकार पुडासैनी कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा कलम चलाउदैँ आउनुभएको छ ।

साहित्यकार पुडासैनीका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम, यात्राका प्रेमिल तरङ्गहरू, मायालु हुम्ला, सिमानाका रङ्ग, सिमानाका तरङ्ग, पर्खाल भित्रको राजधानी लगायतका अन्य थुप्रै चर्चित नियात्राहरु प्रकाशन भइसकेका छन् । मायालु हुँदा नमेटीएको चित्र पुरस्कार अवार्डबाट २०१५ नोभेम्बर २१ मा समेत वासिङटन डिसीमा उहाँ सम्मानित भइसक्नुभएको छ । यस्तै राष्ट्रिय स्रतमा थुप्रै विधामा उहाँ सम्मानित भइसक्नुभएकाे छ भने विभिन्न अवार्ड समेत प्राप्त गरिसक्नुभएका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्