बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ । त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधिलगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

यसमा प्रजिअ सकारात्मक भए पनि निकास दिन जति ढिलो हुन्छ समस्या झन् जटिल हुन सक्ने भन्दै नगरपालिकाले जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर पाँचबुँदे निर्णय गरेको छ ।

भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्