नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत अहिले देशैभरी मतदान जारी

तस्बिर : रामसिँह धामीकाे फेसबुकबाट

काठमाडौं– देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत अहिले देशैभरी मतदान जारी छ ।
आज विहान ९ बजेदेखि शुरु भएको मतदान अपरान्ह ५ बजेसम्म रहनेछ ।

महासंघको २६ औं अधिवेसनमा केन्द्रीय, प्रादेशिक, जिल्ला तथा प्रतिष्ठान स्तरमा एकैपटक निर्वाचन हुन लागेको हो । महासंघमा सदस्य रहेका देशभरिका करिब १३ हजार पत्रकारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

यसअघि पत्रकारहरुले आफ्ना प्रतिनिधिहरु छनौट गर्ने र ती प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई मतदान गरेर छनौट गर्ने विधि रहेकोमा यसपटक हरेक सदस्यले केन्द्रीय प्रतिनिधिलाई प्रत्यक्ष रुपमा मतदान गर्ने विधि लागू गरी निर्वाचन हुन लागेको हो। यस पटकको निर्वाचनमा लिगिय, जातीय, क्षेत्रीय तथा वर्गीय समावेशीकरणलाई पनि विशेष महत्व दिइएको छ ।

हरेक तहका समितिमा अनिवार्य रुपमा महिला उपाध्यक्ष हुनुपर्ने व्यवस्था समेत गरी महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत हुने व्यवस्था गरिएको छ ।

वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्