राजालाई ‘श्री ५’ कै रुपमा निम्ता

काठमाडौँ – विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् ।

हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका निम्ति मौसुफलाई महामण्डलेश्वरबाट विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा प्राप्त भएको हो ।

आचार्य मण्डलेश्वरका तर्फबाट निमन्त्रणा लिएर उनका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए ।

भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयंसेवक (च्क्क् ) का प्रमुख मोहन भागवत लगायत कैयन् दिग्गजहरुको समेत सहभागिता रहने बुझिएको छ ।

यो समाचार आजको घटना र विचार साप्ताहिक पत्रिकामा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्