‘अपर हेलम्बु सर्किट’मा पर्वातारोहण पर्यटनको उच्च सम्भावना

काठमाडौँ – अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनको उच्च सम्भावना रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनका साथै प्राकृतिक सौन्दर्यताको दृश्यावलोकनका लागि उचित गन्तव्यको रुपमा रहेको छ ।
यहि चैत्र १२ गते अपर हेलम्बु सर्किटका लागि गाउँपालिकाकाले एक अध्ययन टोली पठाएको थियो । माउन्टेन गाईड सोनम लामाको नेतृत्वमा गएको ६ सदस्यीय टोलीमा सगरमाथा आरोहि कान्छी डोल्मा ह्योल्मो, माउन्टेन गाईड सन्जिव गुरुङ, फुर्पा लामा लगायतको टोलीले अपर हेलम्बु सर्किटको अध्ययन गरेको हो । काठमाडौँबाट नजिकको गन्तव्यको रुपमा रहेको हेलम्बु ट्रेकिङको लागि उचित स्थान हो । अपर हेलम्बु सिर्किटमा आमायाङ्ग्री, ढुपु, बेमाथाङ, घुपला, पोखरी, सेमीसेदाङ, ठाडेपाटी हुदै घोप्टेघ्याङ सम्मको रुट पर्दछ । यो रुटमा २५ सय मिटर देखि ४६ सय मिटर सम्मको उचाईमा ट्रेकिङ गर्नुपर्दछ । यो सर्किटमा ट्रेकिङ गर्दा अग्ला हिमालहरुको दृश्यावलोकनका साथै डाँफे चरा पनि हेर्न सकिन्छ । यसका साथै ६ हजार मिटर अग्ला पिकहरुको आरोहण पनि यस सर्किटको मुख्य आकर्षण हो । मेलम्ची खानेपानी आयोजनाको मुहान समेत यसै सर्किटमा पर्दछ ।
यस सर्किटलाई पर्यटनको मुख्य गन्तव्य वनाउनका लागि गाउँपालिकाले विशेष पहल गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्