फ्रान्समा अस्पतालले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढे, तेस्रो राष्ट्रिय लकडाउन घोषणा

FILE PHOTO

काठमाडौं– फ्रान्समा कोभिड–१९ संक्रमितको संख्या अस्पतालले धान्न नसक्ने गरी बढ्न थालेपछि तेस्रोपटक राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ ।

सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ । साथै साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

गत शुक्रवार एकै दिनमा १ सय ४५ जना विरामी सघन उपचार कक्षमा थपिएका छन् । यो संख्या विगत पाँच महिनामा सबैभन्दा बढी हो । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजार नाघिसकेको छ । त्यहाँ संक्रमण नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकिएको छ ।

यसैगरी आगामी मंगलबारदेखि १० किलोमिटरभन्दा बढी यात्रा गर्नका लागि वैधानिक कारण देखाउनु पर्नेछ । फ्रान्समा थुप्रै प्रकारका कोरोना भाइरसका प्रजाति देखिनुका साथै युरोपेली संघले खोप अभियानलाई तीब्र बनाउन नसक्दा संक्रमण व्यापक बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्