जंगलमा घाँस काट्ने क्रममा आगोमा जलेर घाईते भएकी महिलाको उपचारका क्रममा मृत्यु

सांकेतिक तस्बिर

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका वडा न ३ रजाली मसिना मेला भन्ने जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि बडिमालिका नगरपालिका ३ रजालीकी फुगी खड्को मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका ३ बस्ने ४० बर्षिया फुगि खड्का जलेर घाइते भएकि थिन् ।उनको उपचारको क्रममा काठमाण्डौ स्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।
पिप्से गाउँ नजिकै रहेको जंगलमा एकसाता पहिले लागेको डढेलोमा परी उनि जलेर गम्भिर घाइते भएकि हुुन् । अघिल्लो शुक्रबार दिउसो गाईबस्तुका लागि घाँसकाट्न गएकी खड्का आगोमा परेको थाहा पाएपछि स्थानियले उनको उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको थियो तर त्यहां राम्रो नहुने भएपछी उनलाई काठमाण्डोै रिफर गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्