देउवा निवासमा दाहाल–नेपाल, एक घण्टा छलफल

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने निर्णय गरे लगत्तै राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

नयाँ राजनीतिक परिस्थितिबारे नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । देउवा निवास बुढानिलकण्ठमा करिव एक घण्टा भएको छलफलमा दुवै दल सहमतिमा अगाडि बढ्नेबारे छलफल भएको छ ।

भेटमा सभापति देउवाले बिहीबार पार्टी पदाधिकारी बैठक बोलाइएको जानकारी दिँदै त्यसपछि के गर्ने छलफल हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्