वडा सदस्यको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिइन्

काठमाडौं – कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् ।

चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि चौधरीले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो । अञ्जिताको परिवारले उनलाई वडा सदस्यको घरमा शनिबार छाडेको थियो । दुवै पक्षसँग छलफलपछि उनलाई पत्नी बनाएर राख्न वडा सदस्यले स्वीकारेको प्रहरीले भनेको छ ।

तर, आइतबार बिहान झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । हालसम्म सुसाइड नोट वा अन्य केही पनि सुराक नभेटिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्