बेंसीशहर-चामे सडक सञ्चालनमा

लमजुङ – लमजुङ र मनाङ जिल्ला जोड्ने बेंसीशहर चामे सडक सञ्चालनमा आएको छ । सो सडक तीनदिनदेखि बन्द रहेको थियो । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि सडक बन्द गरिएको थियो । सो स्थानमा ढलान सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो ।
डुमे्र–बेंसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी सुरज महर्जनले आज बिहानदेखि सो सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले ६५ किलोमिटर सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी हिमाली जिल्ला मनाङमा पर्ने बताउनुभयो ।
हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्याल तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो । विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो । सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ ।

यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि दुई हजार ६०० मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ । वर्षेनी सरकारले करोडौँ रकम खर्च गर्दै आए पनि सडक सुधार नहुँदा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुँदै आएका छन् ।

यस वर्षसमेत दर्जनाँै पटक विभिन्न स्थानमा पहिलो जाँदा सडक अवरुद्ध हुन पुग्यो । यस खडकखण्ड अन्तर्गत बेंसीशहर नगरपालिका–६ खरखरे भीर, बेलौती बिसौना–७ पुवाखोला, मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, घोप्टेभिर, स्यागे, च्याम्चेदेखि मनाङको नासों गाउँपालिकाको म्यार्दी, तालडाँडालगायतका स्थानमा बाढिपहिरोले क्षति पु¥याएको थियो ।

गत साउन ४ गते आएको बाढीपहिरोले यमध्ये बेलौती बिसौनामा रहेको स्याव कल्भल्र्ट, र पुवाखोलामा आएको बाढीपहिरोले पुवाखोलमा राखिएको कल्र्वे बगाउँदा करिब एक करोड रुपैयाँको क्षति भएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाले जनाएको छ ।

योजनाका अनुसार यस वर्ष आएको बाढीपहिराले सडकको सबै स्थानबा गरी करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । सङ्घीय सरकारले यस वर्षसमेत सडक स्तरोन्तीको लागि रु २३ करोड ५८ लाख विनियोजन गरेको र सो रकमबाट आवश्यकअनुसार सडकको काम गर्दै आइरहेपनि सडकमा जोखिम भने कायम रहेको उक्त योजनाले जनाएको छ ।

योजनाका अनुसार यस सडकको चौडाईँ तीनदेखि चार र कतै कतै सात मिटरको रहेपनि अधिकांश स्थानमा चार मिटरको चौडाईँ रहेको छ ।

साँघुरो सडक, वर्षेनी आउने पहिरोले जीर्ण बनाएको सडक, त्यही माथि भीरैभरले गर्दा यात्रा जोखिमपुर्ण रहेको यहाँका सञ्चालन गर्दै आएका सवारीका चालकको भनाइ छ । “हामीलाई समेत सवारी सञ्चालन गर्न डर छ, डराई डराई भएपनि यात्रु डराउने भएकाले केही हुँदैन भन्दै सवारी सञ्चालन गर्दै आएका छौँ ।” सवारी चालक रामप्रसाद गुरुङले भन्नुभयो । उहाँले भन्नुभयो,“ यस सडकको यात्रा नसकिन्जेससम्म यात्रुहरु डराउने गर्दछन् । सडकको लागि सरकारले चासो देखाएपनि गुणस्तरीय सडक भने अझै बन्न सकेको छैन । ” रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्