प्रचण्ड-माधवको सम्बन्ध कहिले सम्म ?

File Photo

 

विशाल आचार्य

हिजोसम्म एकअर्कालाई देखिसहदैन । दिनहुँजसो संसदमा वाक्युद्धनै चल्थ्यो । आज यी दुबै राम्रो सम्बन्धमा छन् । सच्चा प्रेम हो या आजकालका युवा युवतिको प्रेम हो रिलेसनमा बसुन्जेल चाटाचाट अनि अलिकता तलमाथि हुनासाथ ब्रेकअप प्रचण्ड र माधवको यो गठबन्धनप्रति आम जनताको मानसपटलमा यहि प्रश्न उब्जिएको छ । सार्वजनिक मञ्चमै यि दुइ नेता एक अर्काको खुलेर प्रशंसा गर्छन । तर केपी ओलिको भने दुबै नेता सत्तोसरापै गर्छन ।

प्रधानमन्त्री केपि शर्मा ओलिले माधवकुमारलाई प्रचण्डको मामुलि कार्यकर्ताको हो, भेनेर भनेका मात्र के थिए प्रचण्ड समुहले माधव नेपाललाई पहिलो बरियताकै अध्यक्ष बनाइदियो । प्रचण्ड र केपि ओलिविच तिन वर्ष अघि मात्र यस्तै सहकार्य भएको थियो । विश्वलाई चकित पार्दै ओलि प्रचण्ड एक भएका थिए । तर पद पैशा परिवार इगो र सत्तामोहको भुमरीमा फसेर सबै सम्बन्ध चक्नाचुर भयो ।

ओलि प्रचण्डको सम्बन्ध चुडिँदाको मुल्य कम्युनिस्ट पार्टिले मात्रै चुकाएन सिङ्गो राष्ट्रलेनै बेहोर्नु पर्यो । लामो समयको संघर्ष पश्चात हामिले राजनीतिक स्थिरता पाएका थियौ । त्यै जगमा आर्थिक उन्नति , देश विकासको सपना बुनिएका थिए । तर ती सपना अधुरै रह्यो । सरकार संचालनको प्रभावकारितामा भन्दा पनि बढि भागबन्डामै पछि लाग्नु यसको मुख्य कारण हो । अहिले पनि प्रचण्ड उहि ध्याउन्नमा छन एउटा ठुलो कम्युनिस्ट पार्टिको एकल नेता बन्ने प्रधानमन्त्री बन्ने महत्वाकांक्षा उनमा छ । माधवलाई आफुसरहको अध्यक्ष बनाउनु उनको बध्यता नै थियो यतिबेला ।

धेरै जसो पुर्व एमालेका कार्यकर्ता प्रचण्डको कार्यकर्ता नबन्ने मनोविज्ञानमा छन । पुर्व एमाले नेता कार्यकर्तालाई विश्वस्त पार्न उनले माधवको नाम सिरानीमा राखेका हुन । माओवादी केन्द्र एक्लै चुनाव लड्दा हार्न सक्ने आकलन गरेर प्रचण्डले ओलिसग गठबन्धनको तालमेल मिलाएका थिए । ओलिले चाहि माओवादीसहितको बलियो पार्टीको शत्तिशाली सरकारको प्रधानमन्त्री हुने स्वार्थ लिएका थिए । तेतिबेला एकता हुदै गर्दा माधवचाहि निरिह थिए । उनले गठबन्धनको झमेलामा फस्न चाहेका थिएनन तर पनि बाध्य थिए ।

गठबन्धन पश्चात माधव अध्यक्षद्वयमध्ये एक हुन चाहान्थे तर तर भागबन्डा नमिलेपछि उनि टाढिएका हुन अहिले उनि प्रचण्ड खेमाको पहिलो बरियताको अध्यक्ष छन । पन्ध्र वर्ष पहिले पार्टीको मुख्य नेतृत्व सम्हाले पनि अझै पार्टी र सरकारको नेतृत्व गर्ने मोह उनिमा ताजै छ । उता झन्डै तिन दशकभन्दा बढी पार्टी नेतृत्व सम्हालेका प्रचण्ड र डेढ दशक बढि नेतृत्व सम्हालेका माधवबिचको रिलेसनसिप कैले सम्म भन्ने प्रश्न आम जनतामा उब्जिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्