नेपाललाई चीनले ३ लाख डोज कोरोना खोप अनुदान दिने

काठमाडौं – चीन सरकारले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ ।
नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्