प्रधानमन्त्री ओलीले २३ गते हिन्दु राज्य घोषणा गर्ने चर्चा छ : सुरेन्द्र पाण्डे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ ।

आइतबार प्रचण्ड–माधव समुहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले प्रधानमन्त्री ओली समुहले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको नेता पाण्डेको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्