रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ ।

चिनियाँ पक्षले समाग्रीमा नेपाली अक्षरमा लेखिएका वस्तुहरुमा भाषाको समस्या देखाएर सुरुमा निर्यातमा रोक लगाए पछि रोकिएको निर्यात डेढ वर्ष वित्दा समेत निर्यातको लागि अझै अनुमति नपाउँदा ब्यापारीहरु मर्कामा परेका छन् । भाषाको समस्याको समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले डेड वर्ष अघि बाट निर्यातमा रोग लगाएको हो ।

चीनका उच्च भूभागमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यु तथा अन्य स्थानहरूमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो चाउचाउ, बिस्कुट, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको थियो । लामो समयदेखि सामग्री निर्यात रोकिएका कारण भारतको विभिन्न स्थानबाट सामग्री जाने क्रम बढेकोले रसुवागढी नाका बाट पनि निर्यातमा सहजिकरण गरि दिन व्यापारीहरुले सरकार संग अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्