केपी ओलीकै कारण निर्मला पन्तले न्याय पाएन : मावध नेपाल

FILE PHOTO

कैलाली – नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाउनुभएको छ ।

शनिबार कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उहाँले सुन्न नचाहेको आरोप लगाउनुभएको हो ।

सभामा बोल्दै उहाँले भन्नुभयो, ‘निर्मलाको कुरा केपी ओलीले सुन्नै चाहेनन् । हामीले पटक–पटक भन्यौं, तर सुन्नै चाहेनन् । अनि हामीले भन्यो, यो सरकारको पहिलो गाँसमै ढुंगा पस्यो । झिंगा पस्यो । कस्तो लाजको सरकार, हामीले जोगाउनु परेको थियो ।’

प्रधानमन्त्री ओली नेपालको कुसन्तान रहेको बताउँदै नेता नेपालले अंहकारकै कारण उहाँ समाप्त हुने दाबी गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्