युथ डेमोक्रेटिक फोरम द्वारा शहिदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

मुकेश प्रसाद जोशी 

कञ्चनपुर – युथ डेमोक्रेटिक फोरम कंचनपुरले देश र जनताको लागि आफ्नो प्राण आहुती दिने लोकतान्त्रिक योद्धा हरुको सम्झनामा दीप प्रजल्वन गरेको छ ।

युथ डेमोक्रेटिक फोरमले शुक्रबार कृष्णपुर नगरपालिकाकाे गुलरियामा वीर सहिद अमर रहुन भनि दीप प्रज्वलनगरि सम्पुर्ण ज्ञात अज्ञात शहीदहरु प्रती श्रद्धाञ्जली व्यक्त गरेको छ । कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । शहीदहरुको फोटामा माल्यार्पण गरिएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष सहदेब भण्डारी (सुबिन) को सभापत्तित्वमा सम्पन्न भएको थियो । जसमा युथ डेमोक्रेटिक फोरम शुदुर पश्चिमी प्रदेश संयोजक सुरज ऐर, झ्यालि राना, युवा बर्ग र नगरबासीहरुको उपस्थिति रहेको थियो । आगामी दिनहरुमा पनि देशको लागि काम गर्ने लाई सधै सम्झिने, बिगत दशकौंदेखि लोकतान्त्रिक पद्धतिको लागि आफ्नो प्राण आहुती दिने शहीदहरुको योग्यदानलाई आत्मसात गर्दै लोकतान्त्रिक पद्धतिको जगेर्ना गर्न लागि पर्ने फोरमका प्रदेश सचिब मुकेस पाठकले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्