नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष प्रचण्ड र जसपाका बरिष्ठ नेता भट्टराईबीच भेटवार्ता, उपराष्ट्रपति पुन पनि सहभागि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समुह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको भेट भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा उहाँहरुबीच भेट भएको हो । भृकुटीमण्डपमा शुक्रबार भएको विरोध सभालगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुग्नुभएको थियो । भैरहवामा रहेका नेता भट्टराई पनि काठमाडौं आएलगत्तै उपराष्ट्रपति निवास पुग्नुभएको थियो ।

उपराष्ट्रपति निवास लैनचौरमा तीन जना बीच आधा घण्टा भन्दा बढी भेट भएको थियो । भेटमा अहिलेको राजनीतिक अवस्था र आगामी योजनाबारे छलफल भएको उच्च स्रोतले जनाएको छ । उहाँहरुले विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्