भारतद्वारा कोरोनाविरुद्धको दश लाख ‘कोभिसिल्ड’ खोप हस्तान्तरण

काठमाडौँ – नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज हस्तान्तरण गरेको छ । भारतबाट हवाइ मार्गबाट ल्याइएको कोरोनाको खोप मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोपहरु हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी बुधबार भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ । सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्