सुनको मुल्यमा आज पनि बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा रु ६०० ले बृद्धि भएको छ ।

बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै, चाँदी तोलामा रु १५ ले बढेको छ । बुधबार रु एक हजार २६० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्