अमेरिकाको बागडोर जो बाइडेनको हातमा, एकै दिनमा १७ कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले पत्रकारसँग कुराकानी गर्दै ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ आफ्नो प्राथमिकतामा समावेश भएको बताउनुभएको छ ।

उहाँले आफ्नो पहिलो कार्यकारी आदेश अनुसार सबै अमेरिकीलाई कोभिड–१९ का लागि मास्क लगाउन अनिवार्य गर्नुभएको छ । साथै पेरिस जलवायु सम्झौतालाई अमेरिकामा पुनः समावेश गरिदिनुभएको छ ।

कार्यकारी आदेश त्यस्ता आदेश हुन् जसमा राष्ट्रपतिले संसदबाट अनुमति लिनु पर्दैन । बराक ओबामाले पनि यसको लगातार प्रयोग गर्नुहुन्थ्यो र डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो हप्तामा यसको निकै प्रयोग गर्नुभएको थियो । यद्यपि, कार्यकारी आदेशलाई निकै विवादास्पद मानिन्छ ।

यदि जो बाइडेन प्रशासनको पहिलो दिनलाई हेर्ने हो भने नयाँ राष्ट्रपति आफ्नो समय खेर गर्न नचाहेको देखिन्छन् किनभने उनले आफ्नो एजेन्डा लागू गर्न र डोनाल्ड ट्रम्पको नीति फिर्ता लिनका लागि हालसम्म १७ कार्यकारी आदेशमा हस्ताक्षर गरिसक्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्