‘भीटीसीसीपी’का लागि जापान सरकार र लटिनाथ मावि चौपाताबीच सम्झौता, सबै प्रकारका तालिम एकै ठाउँबाट

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION PROJECT-VTCCP) का लागि द्विपक्षीय सम्झौता भएको छ ।
व्यवसायिक परीक्षण केन्द्र परियोजना अन्र्तगत २ सय जनाभन्दा बढी विद्यार्थी अटाउने हल निर्माणका लागि समेत सम्झौता भएको छ । बुधबार जापान सरकार (जपनीज एम्बेसी) र लटिनाथ माध्यमिक विद्यालयबिच उक्त भवनको लागि सम्झौता भएको हो ।
सो परियोजना निर्माण पश्चात् त्यस क्षेत्रका बेरोजगार युवाहरुलाई उचित तालीम प्रदान गरिने प्राचार्य केशवराज विष्टले बताउनुभयो । तालिम पश्चात १०० प्रतिशत स्वरोजगारी प्रदान गर्न प्रतिबद्ध रहेको समेत उहाँले बताएका छन । सो परियोजना लटिनाथ नमुना माविले संचाल गर्नुपाउनु गौरवको विषय भएको प्रधानाध्यापक विष्टको भनाइ छ ।
उक्त परियोजना लागु भएपश्चात ३ महिने व्यवसायिक तालिम दिइनेछ । उच्च प्रविधिबाट दिइने सिपमूलक तालिममले आगामी दिनमा युवाहरु स्वरोजगार हुने विश्वास लिइएको छ । सिटिइभीटीबाट प्रमाणि गरेर मोबाइल रिपेयरिङ, अटो मोबाइल, कम्प्युटर तालिम लगायतका अन्य तालिमहरु दिइने प्राचार्य विष्टले बताउनुभयो । तालिम पश्चात राष्ट्रिय सीप परीक्षण बोर्डबाट प्रमाणपत्र समेत वितरण गरिनेछ ।
समाजमा बढ्दो बेरोजगारीलाई मध्यनजर गर्दै युवाहरुलाई आत्मनिर्भर बनाउने र बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ उक्त तालिमको आयोजना गरिनेछ् । यस्तै तालिम तथा अन्य आर्थिक जिम्मेवारी सिटिइभीटिले बहन गर्नेछ भने भवन निर्माणकालागि चाहिने आर्थिक सहयोग जापान सरकारले व्यहोर्नेछ । साथै जापान सरकार तथा जापानी दूतावासलाई प्रधानाध्यपाक विष्टले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्