भारतले अनुदानमा दिने कोरोना खोप बिहिबार नेपाल आइपुग्ने

काठमाडौँ – भारतले नेपालसहित छिमेकी मुलुकमा कोरोनाभाइरसविरूद्धको भ्याक्सिन दिने भएको छ । भारतले बुधबार बाट भ्याक्सिन दिन लागेको हो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा खोप दिन लागेको जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार आज भुटान र माल्दिभ्समा खोप पठाइने छ । नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ ।

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो ।

नेपाल सरकारले अक्सफोर्ड–अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए ।

भारतले नेपालमा कति खोप दिन लागेको हो भन्ने विस्तृत खुलाइएको छैन । भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन् । भारतमा भने जनवरी १६ देखि खोप लगाउन सुरू गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्