‘प्रचण्डसँग ४० वर्षदेखि संगत छ, लामो सहकार्य हुन्छ’ : माधव नेपाल

FILE PHOTO

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’

ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भ¥याङ बनाएको उहाँको टिप्पणी छ । नेपालले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ।’

ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताउनुभयो । प्रचण्डसँग ४० वर्षदेखि संगत भएको बताउँदै उहाँले दुई जनाको सहकार्य लामो समयसम्म जाने समेत बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्