राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

File Photo

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्