पत्रकार महासंघको टोली पर्यटकीय क्षेत्र हेलम्बुमा, अध्यक्ष शेर्पाले गराए नमुना कार्यहरुको जानकारी

सिन्धुपाल्चोक – शनिबार पत्रकार महासंघको टोली सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । शनिबार साँझ पत्रकार महासंघ जिल्ला शाखा सिन्चुपाल्चोकले पत्रकार महासंघको स्वागत स्वरुप रात्रिभोजको आयोजना गरेको थियो । महासंघको स्वागत गर्दै विभिन्न सांस्कृतिक झलकहरुको समते प्रदर्शन गरिएको थियो ।

सोही अवसरमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको समसामयिक विषयमा पत्रकारहरुलाई जानकारी गराउनु भयो । उहाँले हेलम्बु गाउँपालिकाले अघि सारेको महत्वाकाँक्षि योजना हेलम्बु ग्रेटटे«ल र हेलम्बु नमुना विद्यालयको बारेमा पत्रकारहरुलाई जानकारी गराउनुभयो । अध्यक्ष शेर्पाका अनुसार यो वर्ष हेलम्बु ग्रेट टे«लको ३ किलोमिटर निर्माण सम्पन्न हुनेछ । त्यस्तै यसै वर्षबाट हेलम्बु नमुना विद्यलायमा पढाई समेत सुरु गरिने छ । पत्रकार महासंघको टोलीसँग आज पनि अन्तरक्रिया भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्