काँग्रेस नेता सिंहको प्रधानमन्त्रीलाई प्रश्न – ’मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?,

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन विरूद्ध शनिबार वसन्तपुरमा आयोजित सभामा उहाँले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताउनुभयो । । ’मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?,’ नेता सिंहले भन्नुभयोे, ’काँग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’

संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै उहाँले आक्रोश पोख्नुभयो । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको नेता सिंहको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्