नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं– नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको हो । शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो ।

बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्