ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

काठमाडाैँ – ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) सधैंका लागि बन्द गरिदिएको छ ।

ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो। यसअघि केही समयका लागि मात्रै प्रतिबन्ध लगाएको उनको एकाउन्ट सधैंका लागि बन्द भएको हो ।

अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने जनाएका थिए ।

नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाई दिने लोकतान्त्रिक परम्पराविपरीत ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने जानकारी दिएका थिए। यसलाई ट्रम्पको अर्को अलोकतान्त्रिक आचरणका रूपमा लिइएको छ। उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुन्नन् यकिन छैन। उनले आफू समारोहमा जान इच्छुक रहेको जनाएका छन्।

ट्रम्पका समर्थकद्वारा बुधबार संसद भवनमा भएको हमलापछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ। उक्त घटनाका कारण ट्वीटर, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले ट्रम्पमाथि निषेध लगाएका थिए। करिब बाह्र घन्टापछि ट्वीटरले निषेध हटाएको थियो। त्यसलगत्तै ट्रम्पले एउटा भिडिओ सार्वजनिक गरेका थिए, जसमा उनले बुधबार भएको हिंसाको निन्दा गर्नुका साथै शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण हुने संकेत गरेका थिए।

तर उनको यो परिवर्तित शैली धेरै समय टिकेन। उनले फेरि आफ्नो पुरानै शैलीमा ट्वीट गर्दै आफ्ना मतदाताको बचाउ गरे। उनले भने, ‘सात करोड ५० लाख महान अमेरिकी देशभक्त, जसले मलाई भोट दिए, जसले अमेरिका फस्ट र अमेरिकालाई फेरि महान बनाउने अभियानलाई भोट दिए, भविष्यमा उनीहरूको आवाजको सुनुवाइ हुनेछ। उनीहरूको अपमान हुने छैन वा उनीहरूमाथि कुनै किसिमको भेदभाव हुने छैन।’

ट्रम्पले शुक्रबार यी माथिका दुई वटा ट्वीट गरेलगत्तै ट्वीटरले विस्तृत ब्लग प्रकाशित गर्दै यस्तो निर्णय आएको हो। ट्रम्पको यो एकाउन्टमा ८८ दशमलव ७ मिलिन फ्लोअरहरु रहेका थिए ।

ट्रम्पले सपथग्रहण समारोहमा नजाने कुरा बताउँदा त्यसबाट हिंशा गर्न चाहनेहरुका लागि सुरक्षित निशाना हुनसक्ने व्याख्या ट्वीटरले गरेको छ । ट्रम्प उपस्थीत नभएपछि ट्रम्पका समर्थकहरुले उक्त स्थललाई निशाना बनाउनसक्ने भएकाले यो ट्वीटको पनि नकारात्मक पक्ष ट्वीटरले पुनरावलोकन गरेको हो ।

फेसबुकले पनि ट्रम्पको फेसबुक पेज र इन्स्टाग्राम एकाउन्ट जनवरी २० सम्मका लागि लक गरिदिएको छ । सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्