बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल

काठमाडाैँ –  बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल, जिल्ला संघर्ष समिति कञ्चनपुरद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल गरेको छ । विहिबार संयोजक बहादुरसिँह महराले एक विज्ञप्ती जारी गर्दै आमभेलामा उपस्थित हुन अपिल गरेको छ । संघर्षका कार्यक्रम शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालय नजिक रहेको पीपल चौतारामा राखिएको छ ।


विज्ञप्तीमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साल जेठ १५ गतेको निर्णयले बैज्ञानिक वन व्इवस्थापन कार्यक्रम लागु भएका र अन्य सम्पूर्ण वन क्षेत्रमा काठ दाउरा संकलनमा लगाएको प्रतिवन्ध फुकुवाको माग, संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिको अन्यायपूर्ण छानविन प्रतिवेदन खारेजीको माग वन प्राविधिक कर्मचारीहर तथा सामुदायिक वनका पदाधिकारी सदस्यहरु माथि कारवाही सिफारिस खोजीको माग, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यविधि २०७१ खारेजी सम्बन्धी प्रस्ताव फिर्ताको माग गर्दै नेपाल सरकारसँग पटक पटक शान्पिूर्ण तरिकाले जनताका मागहरु प्रस्तुत गर्दा नेपाल सरकारद्वारा माग पुरा गर्नुको सट्टा वेवास्था गरिएकोले संघर्षका कार्यक्रम गर्नुपरेको उल्लेख गरेको छ ।

आगामी दिनमा माग पुरा गराउन संघर्षको स्वरुप निर्धारणका लागि शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा अवस्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समिति फुलेली, भगवती सामुदायिक वन उपभोक्ता समुह पारिफाँटा, सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुह भमरभोज, प्रगति महिला सामुदायिक वन उपभोक्ता समुह बेल्डाँडी, कालिका सामुदायिक वन उपभोक्ता समुह बेल्डाँडी र बैजनाथ धार्मिक वन उपभोक्ता समुह मणिकाधामको संयुक्त आकस्मिक आम भेला शुक्रबार घोषणा गरको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्