गत २४ घण्टामा ६१३ जना कोरोना संक्रमित

काठमाडौं- नेपालमा आज थप ६१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५१० जनाको पीसीआर परीक्षणमा ६१३ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५६ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५१० जनाको आरटीपीसीआर परीक्षण गर्दा ६१३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल सात हजार ३८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

गत २४ घण्टामा ७३९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४७ हजार ४ सय जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ४ प्रतिशत रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिए ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८०८ जनाको मृत्यु दत्र्ता गरिएको छ । हाल सात हजार ३८४ जना आइसोलेशनमा र चार सय जना क्वारेन्टिनमा छन् ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्