पछिल्लो चौबीस घण्टामा एक हजार ४९० कोरोना सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ ।  हाल १६ हजार ५४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार १६१ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.३४ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा नाै जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्