नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी बिहीबारवाट पुनः सञ्चालनमा

सुशील सुवेदी, सिन्धुपाल्चोक

गत असोज २० गते देखि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि आज एक कन्टेनर स्याउ र अन्य सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते एक कन्टेनर भित्रीयर सञ्चालनमा आएको थियो । सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालनपश्चात् बन्द रहेको नाका शुक्रबारवाट थप सामाग्री आयात हुने तातोपानी भन्सार कार्यालयका ले जनाएको छ ।

वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका सुचारु गर्न गत साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितले स्थलगत अनुगमन गरी नाका सञ्चालनको पहल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारि दिनुभयो ।

जुरे पहिरो र बिनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालनपश्चात गत माघमा बन्द भएको थियो । चीनको वुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ वाट चैत्र २६ सम्म वन्द रहेको नाका चैत्र २७ वाट पुनः सुचारु भएको थियो ।नाकावाट सामग्री आयात सुरु भैसकेको छ । सडक विभागले सडक मर्मत तत्काल सुरु गर्ने र कहिँ कतै समस्या भएमा तत्काल निर्माणार्थ मेसिन, औजार तयारी अवस्थामा राख्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ले जानकारी दिनु भयो ।
पटक पटकको दुई देशबीचको छलफलवाट स्वास्थ्य मापदण्ड पूरा गर्ने समझदारी अनुसार सामग्री र कन्टेनर भीत्रने भन्शार प्रमुख लाल बाहादुर खत्रीले जानकारी दिनु भयो । नेपाल ल्याईने सामग्री चिनियाँ पक्षले नेपाल चीन जोड्ने मितेरी पुलसम्म ल्याउने र सो सामाग्री भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा कम्तिमा एक दिन राखेर राजधानी पठाईने ब्यवस्था भन्सार कार्यालयले गरेको भन्सार प्रमुख खत्री ले जानकारी दिनुभयो । ‘नेपाल भित्रिएका सामाग्री आईसोलेशनमा राखेको एक दिन पछि मात्र जाँचपासको लागि तयार हुनेछ । ‘चीनियाँ पक्षले नेपालको सीमाना सम्म सामग्री ल्याईदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने ब्यवस्था मिलाएको भन्सार प्रमुख खत्रीले जानकारी दिनु भयो ’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्