तस्बिरहरु : नेकपा नेता ठगुन्नाको बिहिबार पशुपति आर्यघाटमा अन्तेष्टि _भिडियाे सहित

काठमाण्डौ – दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
लामो समयदेखि मुखको क्यान्सरबाट पीडित ठगुन्नाको बुधबार काठमाडौँमा निधन भएको थियो ।
महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आउनुभएका ठगुन्ना कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, तथ्य विवरणको स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आउनुभएको थियो ।
उहाँको विहिबार अन्तेष्टि गरिएको हो । साथै पशुपतिमा श्रद्धाञ्जली कार्यक्रम समेत राखेको थियो । उक्त कार्यक्रममा नेकपा वरिष्ठ नेता तथा केन्द्रीय सदस्य भीम रावल, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिँह ठगुन्ना, महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

भिडियाे

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्