राँगाको पेट भित्र छिराइ हल्लाएर निकालेपछि बच्चा निरोगी हुने विश्वास पूर्वी रुकुममा

रुकुम पुर्व- नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरु आ-आफ्नै तरिकाका हुन्छन् । यस्तै एउटा उपचार पद्दती जसलाई रुकुम पुर्वमा पनि स्थानीय वासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेका छन् । झट्ट सुन्दा धेरैलाई यो उपचार पद्दती अनौठो लागेपनि रुकुम पुर्वमा भने सामान्य र नियमित जस्तै छ (यो बिधी ।

यहाँ सुकेनास, रुन्चे जस्ता रोग लागेर प्रायः अस्वस्थ भइरहने बच्चालाई दशैंका बेला काटेको राँगाको पेट भित्र छिराइ हल्लाएर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

दशैंमा राँगा काटेपछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई भित्र छिराएर हल्लाउने गरिन्छ । यसरी बच्चालाई राँगाको पेट भित्र छिराएर निकालेपछि रोग निको हुने विश्वास गाउँलेहरुको छ ।

अरुबेला नभएर दशैंमा काटेको राँगामा मात्र यस्तो गर्नै चलन छ । ६ देखि १८ महिनासम्मको बच्चालाई यसरी राँगाको पेट भित्र हालेर निकालिने गरिन्छ ।

पहिला अस्वस्थ बच्चालाई मात्र उपचार गर्न काटेको राँगाको पेटभित्र हाल्ने गरिन्थ्यो तर हिजोआज स्वस्थ बच्चा अझ निरोगी र बलियो हुन्छ भन्ने विश्वासले एकपटक राँगाको पेट भित्र हाल्नैपर्ने भन्ने उनीहरुको विश्वास बढेको छ ।

बर्षौँदेखि चलिआएको यो चलनको वैज्ञानिक कारण कसैलाई थाहा छैन । यो रुढीबादी परम्परा भएपनि निरन्तरता दिएको स्थानीय शिक्षक राजधन घर्तीमगर बताउनुहुन्छ ।

त्यसो त पुरानो पुस्ता मात्र होइन आजको नयाँ पुस्ताले पनि यो पुरानो चलनलाई निरन्तरता दिइरहेका छन ।

बच्चालाई राँगाको पेटबाट निकालेर नजिकैको पानीको मुलमा लगेर नुहाइन्छ । यसलाई उनीहरु बच्चा चोख्याएको भन्छन । यसो गर्दा रोग, काल, कष्ट सबै बगेर जाने उनीहरुको विश्वास छ ।
मैत्या घर्ति मगर, नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्