ह्याण्डपम्पको आर्सेनिक र आइरनयुक्त पानी पीउन बाध्य कञ्चनपुरका स्थानीय

कैलाली र कञ्चनपुरका स्थानीय ह्याण्डपम्पको पानी आर्सेनिक र आइरनयुक्त खानेपानी पिउन बाध्य भएका छन् । विभिन्न समयमा राजनीतिज्ञहरुले घरघरमा शुद्ध खानेपानी पु¥याउने बाचा गरेपनि त्यो बालुवामा पानी जस्तै भएको छ । विगतदेखि नै फोहर पानी पिउदैँ आएका स्थानीयहरु वर्तमान समयमा घण्टै हिँडेर पनि अटोजन बोरिङबाट पीउने पानी बोक्ने गरेका छन् ।
शुक्लाफाँटा नगरपालिकामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । त्यस क्षेत्रमा सेतो कपडा लगाउ समेत अप्ठेयारो हुने गरेको छ । सेतो लुगा धोएर सुकाएपछि पहेलो फर्किने गरेका छ ।
ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेकोले ५ किलोमिटर सम्म हिँडेर भएपनि पानी बोक्ने गरेका छौँ एक स्थानीयले भने ।
शुक्लाफाँटा नगरपालिका वडा नंं ८ का अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन् ।

गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ । अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्