बिहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि, उपत्यकामा १५५२ जना संक्रमित

काठमाडौँ – बिहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार २ सय ८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना रहेका छन् । आज १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज ३ हजार २ सय १५ जना डिस्चार्ज भएका छन् भने अझै ४४ हजार ६ सय ७७ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्