भारतले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव

पर्सा – भारतले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

नेपाल भारत सिमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सिमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।

कोरोना संक्रमणका कारण चैत्र ११ गतेदेखि विना अनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएको थियो ।

आज विहानदेखि भारतीय पक्षले एकपक्षीरुपमा नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठुलो संख्यामा सर्वसाधारण सिमा क्षेत्रमा जम्मा भएका छन् । टाङ्गा, टेम्पु, मोटरसाइकल जिप लगायतका निजी सवारी साधनमा सयौं व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ ।

रक्सौलबाट आउने भारतीयलाई सिमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनावको अवस्था सिर्जना भएको हो । कार्तिक ३० गतेसम्म वीरगन्ज नाका बन्द राखिने नेपाल सरकारको निर्माण भएपनि भारतीय पक्षले एकपक्षीय रुपमा नाका खोलेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

उहाँले भारतबाट आउनेलाई सिमाक्षेत्रमा नै रोक्न सुरक्षमकर्मीहरुलाई निर्देशन दिइएको र जबरजस्ती छिर्न खोजे कानून बमोजिम कार्वाही हुने पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्