सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि, उपत्यकामा २३८८ जना संक्रमित

काठमाडौँ – सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना रहेका छन् । आज १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ९४ हजार ५ सय १ जना डिस्चार्ज भइसकेको छन । अझै ४० हजार ७ सय ७८ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्