नेपाल टेलिकमको अफरै अफर

काठमाडौँ – नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर उपलब्ध गराउने भएको छ। कम्पनीले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबारदेखि ९० दिनसम्म लागू हुनेगरी नयाँ योजना सार्वजनिक गरेको हो।
यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रूपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ।
अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। यसअन्तर्गत तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपियाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ। यी अफर खरिद गरेपछि सहुलियतस्वरूप १५ रुपियाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जीबी डाटाको एड अन प्याकसमेत खरिद गर्न सकिने छ।
टेलिकमले यसअघि ४० रुपियाँमा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकामा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने जनाएको छ। त्यसैगरी १५ रुपियाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ।
पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक, नाइट भ्वाइस प्याक र डे भ्वाइस प्याक पनि यथावत् राखिएको छ। त्यस्तै ‘वान डे डाटा प्याक’ ‘थ्रि डे डाटा प्याक’कोे भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको टेलिकमले जनाएको छ।
टेलिकमले दशैँ, तिहार र छठलाई लक्षित गरेर ल्याएको फेस्टिभल अफरमा जीएसएम÷सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रूपमा उपलब्ध गराइने पनि जनाएको छ।
अन्य अफरअन्तर्गत कात्तिक १ देखि नेपाल टेलिकम एप पहिलोपटक डाउनलोड गर्दा ५०० एमबी डाटा एकपटकका लागि निःशुल्क प्राप्त हुनेछ। यसअघि विद्यार्थीका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुनेछ। यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिस आवश्यक पर्ने व्यवस्था हटाइएको नेपाल टेलिकमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्