बेदकोटका दुई युवाले जन्मदिनको अवसरमा सिद्धसरोवर तालमा सरसफाई गरे

मानिसको बर्षैपिच्छे आउने जन्मदिन तथा आफु जन्मेको दिनको अवसरमा गरिने तामझामलाई व्यक्तिले आ–आफ्नो तरिकाले मनाउने गर्दछन् । जन्मदिनको अवसरमा अर्बै रकम खर्च गर्नेदेखि लिएर हजारौँ खर्च गर्नेसम्म हुन्छन् ।
सामाजिक कार्यमा आवद्ध मानिसले भने जन्मदिनमा गरिने खर्चलाई अलि फरक किसिमले लगानी गर्ने गर्दछन् । जन्मदिनको अवसरमा हुने खर्चलाई सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने मान्यताका मानिसहरु पनि थुप्रै छन् । कसैले गरिब, बृद्धबृद्धा, अपांग, बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न, कापीकलम दिएर पनि जन्म दिन मनाउने गर्दछन् ।
यस्तै जन्मदिनको अवसरमा दुई युवाले बेदकोट नगरपालिका–६ स्थित सिद्धसरोवर तालमा सरसफाई गरेर जन्मदिन मनाएका छन् ।
बेदकोट नगरपालिका–१० को जनचेतना युवा क्लवमा आबद्ध सागर बोहरा र रमेश नाथले जन्मदिनको अवसरमा ताल परिसरमा सरसर्फा तथा होर्डिङ बोर्ड राखेका हुन् ।
जन्म दिनको अवसरमा तालको सरसफाई, ‘ताल जाने बाटो’, ‘फोहरा नगरौँ’ लगायतका जनचेतनामूलक सन्देश उल्लेखित होर्डिङ बोड र डस्टविन राखेका छन् भने ताल परिसरमा जाने अन्य व्यक्तिहरुलाई पनि सरसफाई आवश्यक पर्छ भन्ने जनचेतना दिएका छन् । यस कार्यले ताल परिसर कुरुप हुनबाट जोगिने सुनिश्चित हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्