अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आज विश्वभरी मनाईदै

काठमाडौं – अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आज विश्वभरी मनाईदै छ । सन् १९८९ देखि प्रत्येक बर्ष यो दिवस विश्वभरी मनाउन थालिएको हो ।

नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउदै आएकोमा यस बर्ष भने कोभिड–१९ का कारण भर्च्युअल प्रविधि मार्फत सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाईदै छ ।

जापानको सेण्डाई अवधारणा अनुरुप नेपालले विपद् जोखिम न्यूनिकरणका लागि रणनितिक योजना बनाई अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सन् २०१८ देखि ३० सम्ममा विपद् जोखिम न्यूनिकरण गर्न एकिकृत तथा सामुहिक रुपमा अघि बढ्ने मुख्य रणनिति नेपालले अघि सारेको छ ।

यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम राष्ट्रिय परिषद् रहेको र सो मातहत विभिन्न तहगत समिति रहेका छन् ।

ती सबै निकायले समाजका सबै पक्षलाई विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरणमा एकिकृत रुपमा परिचालन हुने मूल लक्ष्य लिएको जानकारी प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दिनुभयो ।

यसै अवसरमा आयोजित कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्च्युअल प्रविधि मार्फत संबोधन गर्नुहुने कार्यक्रम रहेको छ । यो कार्यक्रम साताव्यापी मनाइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्