त्रिविका स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा हुने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा गर्ने भएको छ ।

मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो ।

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका परीक्षा चाडवाडलगत्तै सुरू गर्न लागिएको हो । त्रिविले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुरानै तरिकाबाट परीक्षा लिन लागेको छ । त्रिवि व्यवस्थापन संकायका अनुसार सेमेस्टर तर्फका स्थगित परीक्षा मंसिर तेस्रो साताबाट सुरू हुन्छ ।

सरकारले स्थगित परीक्षाहरू सञ्चालन गर्न अनुमति दिएसँगै त्रिविले गत असोज ६ मा बैठक गरी स्थगित परीक्षाहरू अब सञ्चालन गर्दै जाने निर्णय गरेको थियो । परीक्षा तालिका छिट्टै प्रकाशित गरिने त्रिविले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्