स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्थानीय तहमध्ये बेदकोट नगरपालिका उत्कृष्ट

स्वच्छ, सबल, भेदभाव रहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठि २०७७ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु हुने स्थानीय तह स्वास्थ्य संस्था र कर्मचारीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजनामा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य सँग सम्बन्धित स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका प्रत्येक जिल्लाका उत्कृष्ट स्थानीय तहहरुलाई सम्मान समेत गरेको छ । जसमा कञ्चनपुरका ९ वटा स्थानीय तहमध्ये बेदकोट नगरपालिका उत्कृष्ट नगरपालिका घोषणा भएको छ । मुख्यमन्त्री भट्टले प्रदेश स्वास्थ्य सेवा पुरस्कार सहित सम्मान पत्र बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दलाई हस्तान्तरण गरेको छ । उक्त पुरस्कार ४० हजार राशिको रहेको छ ।
आज मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सबैका लागि मानसिक स्वास्थ्य, पर्याप्त लगानी, व्यापक पहुँच, जसलाई पनि जहाँ पनि भन्ने नाराका साथ दिवस मनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्