शनिबार थप ५ हजार ८ जनामा कोरोना पुष्टि, उपत्यकामा २६७२ जना संक्रमित

काठमाडौँ – शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ५ हजार ८ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका २ हजार १ सय जना, भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ जना रहेका छन् ।
३० हजार ८ सय १८ जनामा अझै कोरोना सक्रिय रहेको छ । आज १ हजार २ सय २९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ७६ हजार २ सय ५२ जना डिस्चार्ज भइसकेका छन् । १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गरिएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्