सिटिईभिटीका स्थगित सबै परीक्षा दशैँलगत्तै हुने

काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ ।

२०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जानकारी दिएको छ ।

परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको परिषदले सूचना निकालेर जानकारी दिएको छ । परिषदले छिट्टै परीक्षा तालिका निकाल्ने बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्