उखु किसानलाई भुक्तानी नगर्ने व्यवसायीलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन गृहकाे निर्देशन

कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक सूचना जारी गर्दा समेत उखु किसानलाई भनेको समयमा भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यसैगरी गृहमन्त्रालयले चिनिमिल संचालकलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
दुइओटा मन्त्रालयले सहयोग मागेपछि गृहमन्त्रालयले मगलबारनै चिनी उद्योग संचालकहरुलाई सम्पर्कमा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । सबै उद्योगीबाट गरी हालसम्म किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन् । सबैभन्दा बढी रौतहटमा रहेको श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ तिर्न बाँकी छ । यस्तै सर्लाहीको अन्नपूर्ण चिनी मिलले ४० करोड तिर्न बाँकी छ । लुम्बिनी सुगर मिलले १० करोड रुपैयाँ तिर्न बाँकी छ भने ईन्दिरा सुगर मिलले १० करोड तिर्न बाँकी छ । यसैगरी वागमती सुगर मिलले ११ करोड तिर्न बाँकी छ भने महालक्ष्मी सुगर मिलले २० करोड तिर्न बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्