बैतडीमा जीप दुर्घटना, १२ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परी १२ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

शुक्रबार बिहान १०ः२० पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेकोे से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । जीपमा गाउँपालिका कर्मचारीसहित १२ जना सवार थिए । घाईतेको अवस्था खतरामुक्त रहेको स्थानीय कुलाउ स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
घाईतेहरूलाई घट्नास्थलबाट उद्धार गरी सबैको स्थानीय स्वास्थ्य चौकी आमचौरामा सामान्य उपचारपश्चात थप उपचारका लागि शुक्रबार १२ः०० बजे डडेल्धुरा अस्पताल रेफर गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको सडक गाउँपालिकाले एक वर्षअघि निर्माण गरेको थियो । ग्रामीण सडकमा यातायात सञ्चालन गर्ने कानुनी रुपमा अनुमति दिईएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्