डा. गोविन्द के.सीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदै

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द के.सीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ ।

हिजो राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगे पनि सहमतिका बुँदामा थप गृहकार्य गर्न परेकाले आज बस्ने गरी वार्ता सकिएको हो ।

हिजो दिनभरी र राति समेत भएको वार्ता सकारात्मक भएको डा. गोविन्द केसी तर्फका वार्ता टोली संयोजक डा जीवन क्षेत्रीले जानकारी दिनुभएको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको पनि उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

डा. केसीको रक्तचाप निकै तल झरेको र अक्सिजनको तह निकै तल झरेकाले स्वास प्रस्वासमा समस्या भएको बताइएको छ । डा के सीसँग वार्ता लागि सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गर्नुभएको छ । डा. जीवन क्षेत्रीका टोलीहरुबीच वार्ता भएको हो ।

यसैबीच, नेपाल चिकित्सक संघले आकस्मिक र कोभिड(१९ बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गर्ने आफ्नो पूर्व निर्धारित विरोधको कार्यक्रम फिर्ता लिएको जनाएको छ । वार्ता सकारात्मक भएको उल्लेख गर्दै आजैदेखि गरिने विरोधका कार्यक्रम फिर्ता लिएको संघले जनाएको छ । नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्