कोरोना संक्रमण दिनानुदिन बढिरहेका बेला सरकारले परीक्षा संचालनको लागि अनुमति दिनु आश्चर्यजनक

प्रज्ज्वल भट्ट, महेन्द्रनगर

विश्व कोरोना महामारीले ग्रसित छ,यसबाट नेपाल पनि अछुतो छैन। दिनप्रति दिन कोरोना भाइरस संक्रमित को संख्या बढ्दो छ । यसैबीच नेपाल सरकारको अर्को निर्णय ले अच्चम तुलित परेको छ । सरकार ले आवश्यक मापदण्ड अपनाएर सबै तहका विद्यालय तथा विश्व विद्यालय लाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ।

मन्त्रीपरिषद को सोमबार बसेको बैठकले जनस्वस्थका मापदण्ड पालना गरि आयोग, विद्यालय, विश्विद्यालय, बोर्ड सबै तह,विषयका परीक्षाहरु सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । सरकार को यो निर्णय अच्चम लाग्दो र आश्चर्यजनक छ। जति बेला नेपाल मा कोरोना संक्रमितको संख्या १ थियो त्यो बेला अन्त्यमा गएर एसइइ स्थगित गर्ने निर्णय गरको थियो तर अहिले जति बेला कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको बेला सरकार ले यो निर्णय त्यति उपयुक्त रहेको देखिंदैन।

अझ कक्षा ११ को हकमा भन्ने हो भने यसअघि नै सरकार ले विद्यालयको आंतरिक मूलयांकन को आधार मा प्रमाणपत्र दिने निर्णय गरेको थियो तर पछि माघ सम्म कक्षा ११ को परीक्षा गराउन विद्यालय लाई निर्देशन दिएको छ ।कक्षा ११ को परीक्षा बिना, प्रमाणपत्र बिना विद्यार्थी हरुलाई कक्षा १२ मा विद्यालय हरुले भर्ना लिए। लगभग ४ महिना भन्दा अगाडि बाट अनलाइन पठनपाठन पनि सुरु गरे तर अहिले बीच मा आएर कक्षा ११ को परीक्षा गराउने निर्णय ले विद्यार्थीलाई तनाव मा परेको छ । अब यो बेला कक्षा ११ को पढने की १२ को पढने भन्ने अलमल विद्यार्थीमा परेको छ जसले गर्दा विद्यार्थीमा झन् मानसिक तनाब बढेको छ।

कक्षा १२ को सन्दर्वमा सरकारले विभिन्न निर्णय अघिसरेपनी तर अहिले सम्म कुनै ठोस निर्णय लिन भने सके को छैन । हामी गम्भीर छौ, छलफल मा छौ, गृह कार्य मा छौ,चाँडै निष्कर्ष मा पुग्छौ भन्ने कुरा सुन्दा सुन्दा माननीय शिक्षामन्त्री मा पनि माननीय प्रधानमन्त्री ज्यू को प्रभाव परेको स्पष्ठ देख्न सकिन्छ , जो कुरा सुन्दा राम्रो लाग्ने तर काम नलाग्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्