उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए ४३६४ संक्रमित

नेपालमा आज  ४ हजार ३ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

यो सँगै देशभर संक्रिय संक्रमितको संख्या २६६८४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्र २ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन। जसमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना नयाँ संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा १८ हजार ४  सय ७३ जनाको पीसीआर परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । डा गौतमले अहिले संक्रमणको दर निकै तिव्र भएकोले थप सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्